पोखरा पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिनाको मृत्यु
पाेखरा | माघ २६, २०७९
पोखरा: पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिना आचार्यको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा बसले स्कुटरलाई ठक्कर दिदा २७ वर्षीय रेजिना आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।
पोखरा पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक आचार्यको मृत्यु भएको हो ।
पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा आचार्यको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

